FLASH NEWS
  • Loading...

बेनी नपा ६ मा गठवन्धनलाइ फर्काए मुक्का, ७ मा निकटतले बनाए निकटतम, ८ मा कर्माचार्यकाे चक्का

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२१ पटक पढिएको
बेनी नपा ६ मा गठवन्धनलाइ फर्काए मुक्का, ७ मा निकटतले बनाए निकटतम, ८ मा कर्माचार्यकाे चक्का

बेनी नगरपालिकाका ८ वडाको मतगणना सकिँदा एमाले, काँग्रेस र माओवादी केन्द्रले क्रमश : ४/२/२ वडामा विजयी भएका छन ।
पछिल्लो पटक बेनीका ६, ७ र ८ वडाकाे घोषित मत परिणाम अनुसार चर्चित र पेचिलो मानिएका ६ मा एमालेका कृष्णसिं बानियाँ, वडा नं ८ मा उत्तम कर्माचार्य र वडा ७ मा गठवन्धनका रमेश श्रेष्ठ विजयी भएका छन । बानियाँले गठवन्धनका नरेन्द्र केसीलाई ठूलो मतान्तरले पछि पारेका हुन । बानियाँले मतदानमा गठवन्धनले हानेकाे मुक्का मतपरिणाले जवाफ दिएका छन । 
त्यसैगरी बेनी नपा, ७ मा एमालेका राजेन्द्र श्रेष्ठलाई ०७४ सालकाे निर्वाचनका निकटतम प्रतिद्वन्द्वी रमेश श्रेष्ठले ०७९ मा निकटतम प्रतिद्वन्द्वी बनाई दिए ।
त्यस्तै, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका बेनी नपा, ८ का एमाले उम्मेदवार उत्तम कर्माचार्यले काँग्रेसका हिमबहादुर भण्डारीलाई चार मत अन्तरले जिते । सामाजिक काममा निक्कै सहयोगी हिम भण्डारीले चुनाव जित्ने धेरैको पूर्वानुमानलाई कर्माचार्यले चमात्कारीक रूपम गलत ठहर गरिदिए ।