FLASH NEWS
  • Loading...

धवलागिरीमा गठवन्धन विजयउन्मुख, घोषणा बाँकी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२३ पटक पढिएको
धवलागिरीमा गठवन्धन विजयउन्मुख, घोषणा बाँकी

म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा गठवन्धन विजय उन्मुख छ ।
अन्तीम एक सय ७२ मत गन्न बाँकी रहँदा गाउँपालिका अध्यक्षमा गठवन्धन (काँग्रेस)का प्रेम पुनले ३ हजार ४० मत पाएका छन । उनलाई एमालेकी प्रतिद्वन्द्वी थपसरा पुनले २५११ मतले पछ्याएकी छिन ।
त्यसैगरी उपाध्यक्षमा गठवन्धन (माओवादी केन्द्र)का खिम पुनले २ हजार ७ सय ९८ मत पाएका छन । पुनलाई एमालेका प्रगती कार्कीले २ हजार ५ सय २० मतले पछ्याइ रहेका छन । गन्न बाँकी मतसंख्या भन्दा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा मतान्तरबढी रहेकोले गठवन्धनलाई विजय निश्चित भएको हो ।