आज:  | Sun, 03, Jul, 2022

मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले लिए सपथग्रहण

२ जेष्ठ २०७९, सोमबार १७:०० मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

देशरभर स्थानीय तह निर्वाचनका मतगणना जारी भैरहँदा हिमालपारीको जिल्ला मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन ।
जिल्ला समन्वय समितिको सभाहलमा नवनिर्वाचित अध्यक्षहरु लोमन्थाङ गापाका टसीनुर्वु गुरुङ, लो–घेकर दामोदरकुण्ड गापाका लोप्साङ छोम्पेल विष्ट, वारगुङ मुक्तिक्षेत्र गापाका रिन्जिन नामगेल गुरुङ, घरपझोङ गापाका सञ्जयकुमार थकाली र थासाङ गापाका प्रदीप गौचनलाई जिल्ला न्यायाधिस रुमाकान्त ज्ञवालीले पद तथा गोपनीयताको सपथ गराएका हुन ।
‘स्थानीय तह निर्वाचन सम्पनन भएपछि देशमै पहिलो पटक मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिनु भएको छ’ मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला अदालत मुस्ताङका न्यायाधिस रुमाकान्त ज्ञवालीले भने, ‘अव अध्यक्षहरु पालिकामा फर्केर यसै साता उपाध्यक्ष समेत अन्य जनप्रतिनिधीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम छ ।’