FLASH NEWS
  • Loading...

मालिकामा निर्णायक मत गणना हुँदै, विमको भोटले एमाले–काँग्रेसको भाग्य चम्किने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८२ पटक पढिएको
मालिकामा निर्णायक मत गणना हुँदै, विमको भोटले एमाले–काँग्रेसको भाग्य चम्किने

मालिका गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदकालागी निर्णायक मतगणना हुँदैछ । मालिका गापा, ७ विममा खसेका ९ सय ७१ मतले एमाले–काँग्रेस विच पालिका अध्यक्ष कस्को पोल्टामा निर्णय हुने छ ।
मालिका गापाको ७ मध्य ६ वटा वडाको मतगणना सकिएको छ । घोषित मतमध्य नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले २ हजार ८ सय ७३ मतले अग्रता लिएका छन । एमालेका बेगप्रसाद गर्वुजाले २ हजार ६ सय ४४ मतले पछ्याएका छन । रोका र गर्वुजा विच २ सय २९ को मतान्तर छ ।
निर्णायक मत मानिएको मालिका, ७ विमका ९ सय ७१ मत एमालेका अध्यक्ष उम्मेदवार गर्वुजा र माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार रेशम जुग्जालीका गाउँ/वडाका हुन । विमबाट जुग्जालीले काट्ने र काँग्रेसले कति धेरै भोट लैजान्छ, निर्णय त्यहीं निर्भर रहने भएको छ ।
त्यस्तै पालिका उपाध्यक्षमा ७ मध्य ६ वटा वडाको मतगणना काँग्रेसकी पिपला बुढाले ३ हजार २४ र एमालेकी लक्ष्मी पुनले २ हजार ७ सय ३७ मत पाएका छन । पुनलाई बुढाले २ सय ८७ मतले अग्रता लिएकी छिन । उपाध्यक्षमा पनि विमको भोट काँग्रेस र एमालेले जस्ले बढी लैजान्छ, जीत उतै हुने देखिएको छ ।