FLASH NEWS
  • Loading...

बेनी नगरपालिकामा एमालेको अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९७ पटक पढिएको
बेनी नगरपालिकामा एमालेको अग्रता

बेनी नगरपालिका, १ रत्नेचौरको मतगणना सार्वजनिक हुँदा नगरप्रमुखमा एमालेका सुरत केसीले १ सय ५३ मतले अग्रता लिएका छन ।
बेनी नपा, १ को मतपरिणाम सार्वजनिकहुँदा प्रमुखमा एमालेका सुरत केसीले ७ सय ५४ मत र गठवन्धनका चिरिन्जीवि शर्माले ६ सय १ मत पाएका छन ।
उप्रमुखमा भने गठवन्धनकी ज्याति लामिछानेले अग्रता लिएकी छिन । उपप्रमुखमा एमालेकी पशुपति शाहीले ५ सय ६६ र गठवन्धनकी लामिछानेले ५ सय ९९ मत पाएकी छिन ।
त्यसैगरी बेनी नगरपालिका, १ रत्नेचौरको वडाध्यक्षमा एमालेका टेकबहादुर थापाले ५ सय ३२ मत पाएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल थापा मगरले ४ सय ६० मत पाए ।