FLASH NEWS
  • Loading...

म्याग्दीका बेनी,मालिका, मंगला र अन्नपूर्णमा मतगणना सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७७ पटक पढिएको
म्याग्दीका बेनी,मालिका, मंगला र अन्नपूर्णमा मतगणना सुरु

म्याग्दीका मालिका गाउँपालिका, १ निक्कोटबाट, मंगला गाउँपालिका, १ कुहुँबाट, बेनी नगरपालिका, १ रत्नेचौरबाट र अन्नपूर्ण गाउँपालिका, १ दोवाबाट मत गणना सुरु भएको छ ।
मतगणना जारी कुनै पनि पालिकाको मत परिणाम सार्वजनिक भएको छैन । रघुगंगा गाउँपालिकामा सम्पर्क हुन सेको छैन । दुर्गम धवलागिरीमा वडा नं १ गुर्जाको मतपेटिका आज विहान मात्र हिंडेकोले साँझ देखी मात्र मतगणना सुरु हुने छ ।
शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा ६६.२२ प्रतिशत मत खसेको छ । जिल्लाको कुल ८५ हजार ३ सय ७५ मत मध्य ५६ हजार ५ सय ४३ मत खसेको छ ।