FLASH NEWS
  • Loading...

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३३ पटक पढिएको
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तीम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी गठवन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।


त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भईन । उनका निकटतम प्रतिद्वन्द्वी गठवन्धनकी (नेका)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिईन ।

कुल ९ सय ८० मत खसेकाेमा ६० मत बदर भएकाे छ ।
लोघेकर दामोदर कुण्ड गाउँपालिकाका, १ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो । यी वडाको मतपरिणाम प्राप्त भएको छैन ।