FLASH NEWS
  • Loading...

मुस्ताङको लाेघेकरदामाेदरकुण्ड गाउँपालिकामा पनि एमालेका विष्ट र गुरूङकाे अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७९ पटक पढिएको
मुस्ताङको लाेघेकरदामाेदरकुण्ड गाउँपालिकामा पनि एमालेका विष्ट र गुरूङकाे अग्रता

मुस्ताङको अर्काे लाेघेकरदामाेदरकुण्ड गाउँपालिकाकाे १ नम्बर वडाकाे पनि मतपरिणाम सार्वजनिक भएकाे छ । घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका लाेप्साङ छाेम्फेल विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन । अध्यक्षमा नेकपा एसका देवबहादुर गुरङले ९३ मत पाएका निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी गराए । 

त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ह्लामाे गुरूङले १ सय ५८  मतसहित अग्रता लिएकी छिन । उपाध्यक्षमा काँग्रेसकी लक्ष्मी गुरूङले १ सय ६ मतले पछ्याएका छन ।

लोघेकर दामोदर कुण्ड गाउँपालिकाका, १ मा वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, ३ नम्बर वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, र ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङ निर्विराेध भएका थिए ।