FLASH NEWS
  • Loading...

मालिका गाउँपालिकामा एमालेले अग्रता लियो

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५८ पटक पढिएको
मालिका गाउँपालिकामा एमालेले अग्रता लियो

म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक मतपरिणाम अनुसार नेपाली काग्रेसलाई पछाडी धकेल्दै नेकपा एमालेले अग्रता लिएको छ ।
निर्वाचन कार्यालयका अनुसार एमालेका बेगप्रसाद गर्वुजाले १ हजार एक सय मत लिएर अग्रता लिएका छन । काँग्रेसका श्रीप्रसाद रोकाले १ हजार १५ मतसहित पछ्याएका छन । निस्कोटमा अग्रता लिएको काँग्रेस रुममा पुग्दा पछाडी परेको छ ।
त्यस्तैगरी माओवादी केन्द्रका रेशम जुग्जालीले ४ सय २० मत पाएका छन । नेशनल मंगोल अर्गनाईजेसनका खमबहादुर रोकाले २८ मत पाएका छन ।
त्यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी पुनले १ हजार १ सय १७ मतसहित अग्रता लिएकी छिन । काँग्रेसकी पिपला बुढाले १ हजार ४१ मतले पछ्याएकी छिन ।