FLASH NEWS
  • Loading...

मालिका गाउँपालिकाको काँग्रेसको अग्रता, वडाध्यक्षमा काँग्रेसका टंक पुन विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५४ पटक पढिएको
मालिका गाउँपालिकाको काँग्रेसको अग्रता, वडाध्यक्षमा काँग्रेसका टंक पुन विजयी

म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक मतपरिणाम अनुसार नेपाली काग्रेसले अग्रता लिएको छ ।
निर्वाचन कार्यालयका अनुसार अन्नपूर्ण गाउँपालिका, १ निस्कोटमा काँग्रेसका श्रीप्रसाद रोकाले ४ सय १८, एमालेका बेगप्रसाद पुनले ३ सय ९३, माओवादी केन्द्रका रेशम जुग्जालीले १५६, नेशनल मंगोल अर्गनाईजेसनका खमबहादुर रोकाले २८ मत पाएका छन ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकी पिपला बुढाले ४ सय ३६ मतसहित अग्रता लिएकी छिन । एमालेकी लक्ष्मी पुनले ३ सय ९८, माओवादी केन्द्रकी गौरी सेन्चुरीले १ सय २९ र मंगोलकी धनदेवी बुढाले ३३ मत पाएका छन ।
मालिका गाउँपालिका, १ निस्कोटमा काँग्रेसका टंक पुन ४ सय ६२ मतसहति विजयी भएका छन । उनी ०७४ सालमा पनि काँग्रेसबाट विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका बुद्धी पुनले ४ सय ४६ मत पाएको मालिका निर्वाचन कार्यालयले जनाएको छ ।