FLASH NEWS
  • Loading...

पर्वतको जलजला २ मा एमालेको प्यानल नै विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३४ पटक पढिएको
पर्वतको जलजला २ मा एमालेको प्यानल नै विजयी

नेकपा एमालेले पर्वतको जलजला २ मल्लाजमा पनि जित हासिल गरेको छ । एमालेका उम्मेदवार प्रकाश जिसी भारी मतान्तरका साथ विजयी हुनुभएको हो । शनिबार साँझ सम्पन्न वडाको मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जिसीले ६४५ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द खत्रीले ४०२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महिला सदस्य जुना केसी,दलित महिला सदस्य शान्ति नेपाली,खुल्ला सदस्य कुलबहादुर विक र सुमन नेपालीलाई विजयी हुनुभएको छ ।
आजै सम्पन्न वडा नम्बर १ को मतगणनामा एमाले विजयी भएको थियो । जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा वडा अध्यक्ष सहित सिंगो टिम नै एमालेका उमेदवार विजयी भएका छन् ।

अहिलेसम्म सार्वजनिक भएको पहिलो मत विवरणमा नै एमालेको जीत भएको हो । वडा अध्यक्ष जगबहादुर रोकाले २१९ मत ल्याउँदा गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवारले २०७ मत ल्याएका छन् ।

पर्वतको जलजला  गाउँपालिका
वडा नःं १ र वडा नःं २ को मतगणना गरिसकेपछि
गाउँपालिका अध्यक्ष (रुख) :- ४७५
गाउँपालिका अध्यक्ष (सुर्य) :- ११००
गाउँपालिका उपाध्यक्ष (हसिया हथौंडा) :- ४६२
गाउँपालिका उपाध्यक्ष (सुर्य) :- ९८०