FLASH NEWS
  • Loading...

अन्तरिक्षबाट खसे ‘एलियनका सामान’

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६१ पटक पढिएको
अन्तरिक्षबाट खसे ‘एलियनका सामान’

गुजरातको आनन्द जिल्ला अहिले चर्चामा छ । कारण यहाँ तीन ठाउँमा आकाशबाट ‘गोला’ जस्तो अज्ञात चिज खस्नु हो । आकाशबाट ‘गोला’ खसेको घटना यस क्षेत्रमा जिज्ञासाको विषय बनेको छ ।

यसबारे सामाजिक सञ्जालमा विभिन्न दाबी पनि भइरहेको छ । धेरै सोशल मिडिया प्रयोगकर्ताहरूले यसलाई ‘एलियनका गोला’ भनेर वर्णन गरेका छन्। हाल जिल्ला प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिएर फरेन्सिक साइन्स ल्याबोरेटरी (एफएसएल)का विज्ञलाई अनुसन्धानको जिम्मा दिएको छ ।

आनन्द जिल्लाको भालेज, खम्भोलाज र रामपुरा क्षेत्रमा बिहीबार साँझ आकाशबाट अज्ञात वस्तु खसेको हो जुन हेर्दा गोलाजस्तै छ ।

यी तीनवटै क्षेत्र एक अर्काबाट १५ किलोमिटरको दुरीमा अवस्थित छन् । पहिले भालेजमा कालो धातुको ‘गोला’ आकाशबाट खस्यो, त्यसपछि खम्भोलाज र रामपुरामा यस्तै घटना घट्यो । रिपोर्टका अनुसार ‘गोला’ को तौल करिब पाँच किलो थियो ।

एक अखबारको रिपोर्टका अनुसार आनन्द जिल्लाका एसपी अजित राजियानले भने कि धातुको ‘गोला’ भूउपग्रहको भग्नावशेष हुन सक्छ। बिहीबार अपरान्ह ४ बजेर ४५ मिनेटमा पहिलो ‘गोला’ खसेको केही समयमै अन्य दुई ठाउँबाट पनि यस्तै रिपोर्ट आएको उनले बताए ।

यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन । सत्यतथ्य छानबिनपछि मात्र थाहा हुनेछ । अनुसन्धानका लागि एफएसएल विज्ञको टोली बोलाइएको छ ।

गत महिनाको रातमा गुजरातको आकाशमा एउटा चम्किलो आकाशीय गोलाजस्तो वस्तु देखिएको थियो। आगोको गोला जस्तो देखिने यो चिज निकै तीव्र गतिमा पृथ्वीतर्फ आउँदै गरेको देखियो जसका कारण मानिसहरु आतंकित भए । त्यतिबेला पनि यो अन्तरिक्ष भग्नावशेष हुन सक्ने सम्भावनाहरू थिए।

२ अप्रिल २०२२ को साँझ, महाराष्ट्रको चन्द्रपुरमा आकाशबाट फायरबलहरू खसेका थिए। त्यसपछि तिनीहरू रकेटको भाग हुन सक्ने अनुमान गरिएको थियो। यस्ता घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न दाबी गरिएको थियो । *िडसीनेपालबाट