- Loading...
म्याग्दीमा ६६.२२ प्रतिशत मत खस्यो, भारी वर्षाले मतपेटिका ढुवानीमा समस्या
- पुनहिल डट कम
- २ साल अघि
- १८१ पटक पढिएको

शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा ६६.२२ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर गोविन्द थापाका अनुसार जिल्लाको कुल ८५ हजार ३ सय ७५ मत मध्य ५६ हजार ५ सय ४३ मत खसेको छ ।
अन्नपूर्ण गाउँपालिकाकी निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार १२ हजार ९९ मतदातामध्य ४ हजार महिलासमेत ७ हजार ८ सय तीन मत खसेको छ । निर्वाचन अधिकृत सुवेदीका अनुसार राती ८ बजेसम्म सवै १७ वटै मतदान केन्द्रबाट मतपेटिका आई पुग्ने र सर्वदलिय बैठकपछि मतगणना आज वा भोली विहानैबाट सुरु गर्ने निर्णय हुने छ ।
धवलागिरी गाउँपालिकाका निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार ११ हजार ९ सय ४० मतमध्य ६ हजार ६ सय ४२ मत खसेको छ । धवलागिरी गापा, १ गुर्जाबाट आज मतपत्र ल्याउन संभव नभएकोले भोली दिउँसोसम्म मतपेटिका आएपछि भोलीसाँझ बाट मतगणना सुरु गरिने भएको छ । धवलागिरी गापा, ५ मल्कवाङ र ६ वडा मराङका विभिन्न मतदान केन्द्रबाट पनि राती १० बजे अघि मतपेटिका आउने संभावना कम छ ।
मंगला गाउँपालिकामा १३ हजार ४ सय १६ मतमध्य ८ हजार ८ सय १७ (६५.७२ प्रतिशत) मत खसेको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार सवै मतदान केन्द्रबाट साँझ ७ बजेसम्म मतपेटिका आई पुग्ने र सर्वदलिय वैठकबाट मत गणना आजै वा भोली गर्ने टुङ्गो लाग्ने छ ।
मालिका गाउँपालिकामा १३ हजार २ सय १ मतमध्य ८ हजार ९ सय ४६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत गोविन्द उपध्यायका अनुसार शान्तिपूर्वक मतदान सकिएपछि मतपेटिका हिंडाउने बेला भारी वर्षा भै सडक अवरुद्ध भएकोले मतपेटिका ढुवानी अनिश्चित भएको छ । राती १० बजेभित्रबाट मतगणना गर्न नसकिए भोली विहानैबाट गणना सुरु गर्ने तयारी छ ।
रघुगंगा गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार १३ हजार ९ सय ४३ मतमध्य ९ हजार १ सय १३ (६५.३४ प्रतिशत) मत खसेको छ । निर्वाचन अधिकृत तेजप्रसाद पौडेलका नजिकका मतपेटिका आईपुगेपनि दुर्गम ८ नम्बर वडाको कुईने मंगलेको मतपेटिका आउन ढिलाई हुने भएकोले संभवत भोली विहानैबाट मतगणना सुरु हुने छ ।
बेनी नगरपालिकामा २२ हजार ४ सय २२ मतमध्य १५ हजार ३ सय ११ (६८.२९ प्रतिशत) मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मत विवरण मतदान अधिकृतहरुले आयोगमा सफ्टवयरमा अपलोड गरेको तथ्याङकलाई आधार तयार पारिएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
