FLASH NEWS
  • Loading...

म्याग्दीमा ४० र मुस्ताङमा ५० प्रतिशत मतखस्यो, मतदान छिटफुटबाहेक शान्तीपूर्ण

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४९ पटक पढिएको
म्याग्दीमा ४० र मुस्ताङमा ५० प्रतिशत मतखस्यो, मतदान छिटफुटबाहेक शान्तीपूर्ण

म्याग्दीमा एक जना तेस्रो लिङ्गीसहित ८५ हजार ३ सय ७५ मतदाता मध्य दिउँसो १२.३० बजेसम्म जिल्लामा ३२ हजार २ सय १६ (३९.६ प्रतिशत) मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । एक जनामात्र तेस्रो लिङ्गी बद्री पुनले अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङको प्रभा माध्यामिक विद्यालय मतदान केन्द्रमा भोट हालेकी छिन ।
म्याग्दीमा ७४ मतदान स्थलमा १ सय १४ मतदान केन्दमा छिटफुट बाहेक मतदान शान्तिपूर्ण चलिरहेको छ । विहान ११ बजेति बेनी नगरपालिका, ६ थाकनपोखरी मतदान केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताले एमालेका वडाध्यक्ष उम्मेदवार कृष्णसिं बानियाँलाई पछाडीबाट प्रहार गरेपछि केही वेर तनावपूर्ण भएपनि पछि अवस्था सामान्य अवस्थामा चलेको छ ।
त्यसैगरी हिमालपारीको मुस्ताङमा पनि दिउँसो १२.३० बजेसम्म ५० प्रतिशतबढी मत खसेको मुख्य निर्वाचन अधिकृत रुमानाथ ज्ञवालीले बताए ।