FLASH NEWS
  • Loading...

म्याग्दीका सवै मतदानस्थलमा शान्तिपूर्वक मतदान जारी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२४ पटक पढिएको
म्याग्दीका सवै मतदानस्थलमा शान्तिपूर्वक मतदान जारी

अन्नपूर्ण गापा, ६ घारकाे मुक्तिमार्ग माध्यामिक विधालय घारमा मतदान गर्दै एक मतदाता ।

म्याग्दीका ६ वटै स्थानीय तहमा रहका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्नपूर्ण गापा, २ काे सर्वाेदय मावि मतदान केन्द्रमा मतदान गर्दै एक मतदाता ।

मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । निर्वाचन लक्षित गरेर म्यादी प्रहरी छसय १९, नेपाल प्रहरी तिनसय ८०, सशस्त्र प्रहरी दुईसय ६, नेपाली सेना दुईसय ३२ जना परिचालन गरिएको छ ।