FLASH NEWS
  • Loading...

मुस्ताङमा ७२ प्रतिशतबढी मत खस्यो, आजै रातीदेखी मतगणना हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८४ पटक पढिएको
मुस्ताङमा ७२ प्रतिशतबढी मत खस्यो, आजै रातीदेखी मतगणना हुने

हिमालपारीको मुस्ताङमा ७० प्रतिशतबढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार कुल १० हजार ४ सय ८५ मतदातामध्य ७ हजार ५ सय ५७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत रुमानाथ ज्ञवालीका अनुसार मुस्ताङका सवै पालिकामा राती ८ बजेसम्म सवै वुबाट मतपत्र आई पुग्ने र राती १० बजेभित्रबाट मतगणना सुरु गर्ने कार्यतालिका छ ।
लोमन्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार लोमन्थाङमा १ हजार ९ सय ४२ मतदातामध्य १ एक हजार २ सय ३१ भोट (६३ दशमलव १९ प्रतिशत) मत खसेको छ ।
वारागुङ मुक्तिक्षेत्र गापाकी निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार कुल २ हजार २ सय ४४ मतदातामध्य ७ सय ९५ जना महिलासमेत १ हजार ५ सय ८  (६७ प्रतिशत) मत खसेको छ ।
थासाङ गाउँपालिका निर्वाचन अधिकृत मुकुन्द आचार्यका अनुसार कुल २ हजार ७ सय ४७ मतमध्य १ हजार ७८ महिला, १ अन्य समेत २ हजार २ सय ४० (८१.५४ प्रतिशत) मत खसेको छ ।
लोघेकरदामोदरकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत नेपालहरी रानाभाटका अनुसार १ हजार ४ सय ७१ मतदातामध्य ५ सय २ जना महिलासहित ९ सय ८०  (६७.३ प्रतिशत) मत खसेको छ ।
त्यस्तै, सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा २ हजार ८४ जना मतदातामध्य १ हजार ५ सय ९८ मत (७६.५६ प्रतिशत) खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।