FLASH NEWS
  • Loading...

एक दिन हिंडेर आएका बगराका मतदाताले हाले भोट

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५० पटक पढिएको
एक दिन हिंडेर आएका बगराका मतदाताले हाले भोट

हिजै मतदान स्थल पुगेका म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका, ४ मुदीको सीमकोस र बगराका मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन । मतदाता पालिका नेतृत्वलाई भोट हाल्न खाजा बोकेर विहिवार नै हिंडेका सीमकोस र बगराका ६० बढी मतदाताले बुद्धिविकास माध्यामिक विद्यालय मतदान केन्द्रमा मत हालेका हुन । सीमकोस र बगरा धौलागिरी पदमार्गको अन्तिम वस्ती हो ।
सीमकोस र बगराबाट सवैभन्दा नजिकको मतदान केन्द्र पुग्न कम्तीमा ६/७ घन्टा लाग्ने भएकोले अघिल्लै दिन बासवस्ने गरी जानु पर्ने बाध्यता छ । फर्कन उत्तिकै समय लाग्छ । मतदान स्थल टाढा भएकोले यहाँका बृद्धबृद्धा, अशक्त, सुत्केरी र कतिपय अवस्थाका गर्भवती महिलाहरु मतदानको अधिकारबाट वन्चित हुने गरेका छन ।
५० जना मतदाता भएको नाउरा, ३५ जना मतदाता रहेको नेर्वाङबाट नजिकको बुद्धीविकास मावि मुदी मतदान केन्द्र पुग्न २ घन्टा ३० मिनेटबढी लाग्छ । त्यस्तै ५० जना मतदाता भएको चेचुङबासीलाई नजिकको चन्द्रज्योति आधारभुत विद्यालय मतदान केन्द्र पुग्न १ घन्टा ३० मिनेट समय लाग्छ । फर्कन उत्तिकै समय लाग्छ ।
फोटो सहितको नामावली संकलन गर्न कर्मचारी नपुगेपछि ०६४ र ०७० सालको संविधान सभा निर्वाचनमा मतदानबाट वन्चित भएका बगराबासी ०७४ सालको स्थानीय तह निर्वाचनपछि मात्र निर्वाचन प्रणालीमा जोडिएका हुन ।
‘भाेट हाल्न हिजाे घरबाट हिंडेका हाैं, अाज भाेट हाल्याैं । अव फर्कन्छाैं । रातसाँझ घर पुग्न सकिएला । फर्कन वयस्क युवालाई ७ घन्टा लाग्छ । बृद्धबृद्धा र अपाङ्गले मतदान गर्न मतदान केन्द्र पुग्न संभव प्राय: छैन’ मुदी बगराका मतदाता हरी तिलिजाले भने, ‘आगनको सरकार चुन्न अर्काको घरको पींढीमा बास माग्न जानु पर्ने दिन हटेन । थोरै मतदाता भएपनि हामीलाई गाउँमै मतदान केन्द्र राखिदिए हुन्थ्यो ।’