- Loading...
स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १४ जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- १९२ पटक पढिएको

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा शुक्रबार जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।
स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको थियो । वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाइ भएको थियो ।
प्रहरीका अनुसार मृतकहरुमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षकी माया पुन, वर्ष ९ का प्रविण कुँवर, वर्ष ५० का कुलदिप कुँवर, वर्ष ५० की डेमकुमारी कुँवर, वर्ष ८६ की हरिकला कुँवर, वर्ष ५० की टेककला कुँवर, वर्ष २५ की जमुना कुँवर, वर्ष ७० की भिमकला कुँवर, वर्ष ७० की मुवाकुमारी कुँवर, वर्ष ४३ की पोटकुमारी कुँवर, वर्ष ४३ की जानुका कुँवर,वर्ष ४२ की ज्ञान दली कुँवर,वर्ष ५० की मिना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
