- Loading...
आचार संहिता उल्लङ्घन राेकिएन, सामाजिक संञ्जालकाे दुरूपयाेग बढी, एजेन्ट खटाउँदै दलहरु
- पुनहिल डट कम
- २ साल अघि
- ३०० पटक पढिएको

मंगलवार राती १२ बजेदेखी मौन अवधी सुरु भएपनि दलका कार्यकर्ताहरुले आचारसंहिता विपरित सामाजिक सञ्जालबाट प्रचार–प्रसार रोकेका छैनन ।
निर्वाचन आयोगले मौन अवधिमा प्रचारप्रसारका कार्यक्रम मात्र होईन सामाजिक संञ्जाल, अनलाईन, छापामा दल र उम्मेदवारको प्रचार प्रशास गर्न नपाईने र मौन अवधि अघि राखेका राजनैतिक दर र उम्मेदवारको प्रचार सामाग्री हटाउनु पर्ने बताएको छ । तर यहाँका राजनैतिक दल, तिनका नेता, कार्यकर्ता र उम्मेदवारका फेसवुक पेजबाट निरन्तर चुनाव प्रचार प्रसार गरिरहेका छन ।
‘राजनैतिक दल, र उम्मेदवारले भन्दा तिनका कार्यकर्ताहरुले मौन अवधिमा आचारसंहिता विपरित सामाजिक संञ्जालको ब्यापक प्रयोग जारी राखेका छन’ राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका कोषाध्यक्ष निरमायाँ मिजारले भनिन, ‘प्रवासमा रहेका दलका कार्यकर्ताले अझ वढी उम्मेदवार विरुद्ध लान्छनायुक्त स्टाटस लेखेर सामाजिक राख्ने गरेको पाईन्छ ।’
मतदान मिती २ दिन मात्र बाँकी छ रहँदा बजारमा तडक–भडक र कोलाहल भने रोकिएको छ । बाहिर देखिने होहल्ला र तडक भडक नदेखिएपनि उम्मेदवारहरुले गाउँमा युवा जम्मा पार्ने र मदिरा खुवाउने, मतदातालाई प्रभावित पार्ने गरेको चर्चा छ । मतदान मिती नजिक आउँदा समुदायमा दलका कार्यकर्ताहरु विच मुठभेडको जोखिम बढेको सुरक्षा निकायले जनाएको छ ।
त्यसैविच मौन अवधिमा राजनैतिक दलहरुले कार्यकर्ता भेलागरी मतदान एजेन्ट सम्बन्धी तालिम पनि आयोजना गरेका छन । मतदान, मतगणनामा खटिने एजेन्टहरुलाई चुनावी रणनिती र तिकडम सिकाउने काम भैरहेको दलहरुले जनाएका छन । नगरपालिकाको बेनीमा र गाउँपालिकाहरुले पालिका मुकाममा कार्यकर्ता भेलागरी एजेन्ट तालिम संञ्चालन गरिएको मुख्य दलहरुले जनाएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
