FLASH NEWS
  • Loading...

भाेट हाल्न धमाधम गाउँ फर्कदै सहरी मतदाता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५० पटक पढिएको
भाेट हाल्न धमाधम गाउँ फर्कदै सहरी मतदाता

|SONY DSC

आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो रोजाईका उम्मेदवारलाई विजयी गराउन शहर झरेका मतदाताहरु धमाधम गाउँ फर्कन थालेका छन ।
काठमाण्डौ, पोखरा, वुटवल, भैरहवा, चितवन समेतका शहरबाट मतदाताले भरिभराउ सनाथ तथा ठूला सवारी साधनहरु जिल्ला भित्रने क्रम शुरु भएको छ । स्थानीय तह निर्वाचनमा आफन्त, नातागोता र साथीभाई बढी जोडिने भएकोले पनि सहर झरेका मतदाता गाउँ फर्कनै पर्ने बध्यतामा छन ।
शहरमा झरेका मतदाताहरुको गाउँ फिर्तिसँगै गाउँघरको चहलपहल पनी ह्वात्त बढेको छ । जिल्लाका अधिकांश मतदाताहरु बेनी, पोखरा, काठमाण्डौसमेतका शहरमा बस्छन । अनुमान अनुसार जिल्लाको ३० प्रतिशत मतदाताहरु शहरबाट गाउँ फर्कन्छन ।
‘बेनी नगरपालिकाको प्रमुखमा आफन्त उठ्नु भएको छ, त्यसैले पनि भोट हाल्न र साथीभाईलाई भोट माग्ने गरी घर फर्केकी हुँ’ पोखराबाट पुख्यौली थलो बेनीनगरपालिका, ५ की डढुवा फर्कदै गरेकी सविना कार्कीले भनिन, ‘पोखरामा रहेका आफन्त मात्र दुई जीप आएका छौं । अरु गाउँका मान्छेहरु पनि त्यसरी नै गाउँ फर्केका छन ।’
सिमित मतदाताबाहेक अधिकांश सवारी साधन दलले प्रायोजन गरी मतदाता ल्याएका हुन । छोराछोरीका पढाई वा रोजीरोटीको खोजीमा शहरको बसाई भएपनि मतदाता नामावली गाउँमै हुन्छ । सहरमा घर भैएकाहरु पनि गाउँ फर्कने ‘नाता’ भन्दै मतदाता नामावली गाउँमै अध्यावधि गराउने गर्छन ।
‘२० बर्ष पछि गाउँको सरकार चुन्ने अवसर उपयोग गर्न गाउँ फर्कन लागेका हौं’ परिवारसहित राजधानी बस्दै आएका बेनपा, ८ बेनीका दिनेश श्रेष्ठले भने, ‘मताधिकार प्रयोग गर्ने मात्र होईन पुख्यौली थलो फर्कने माध्यम पनि भएको छ, यो निर्वाचन ।’

मुस्ताङ्गीलाई मतदाता ल्याउने चटारो

हिमालपारीको मुस्ताङ्गीलाई घरदैलो सकेपछि सरहका मतदाता ल्याउने चटारो सुरु भएको छ ।
हिमालपारीको मुस्ताङका करिव ४० प्रतिशत पोखरा, काठमाण्डौ लगाएका शहरमा बस्छन । यहाँका उम्मेदवारलाई गाउँका मतदाता भन्दा शहरका मतदाता महंगा तर निर्णायक हुन्छन ।
सहरका मतदाताको भोट फुत्काउन उम्मेदवारलाई निक्कै मुस्किल हुन्छ । पहिलो सहरबाट गाडीका गाडी रिजर्भगरी खानाखाजा खुवाउँदै गाउँ पुऱ्याउनु पऱ्यो, फर्कने ब्यवस्था मिलाउनु पऱ्यो । सहरी मतदाता निर्णायक हुने भएकोले माग पनि चर्का हुन्छन ।