FLASH NEWS
  • Loading...

निलगिरी जलविधुत आयोजनामा ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५२ पटक पढिएको
निलगिरी जलविधुत आयोजनामा ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन निलगिरी जलविधुत आयोजना स्थलमा सिमेन्ट पुर्‍याएर फर्कदै गरेको त्रिनेत्र ढुवानी सेवाको ग २ ख ६५८ नम्बरको ट्रक मंगलवार साँझ दुर्घटनाहुँदा सवार दुई जनाको मृत्यु भएको छ ।
निलगिरी जलविधुतको छोटेपा स्थित हेडवर्समा सिमेन्ट पुर्‍याएर फर्कने क्रममा मालचरी भन्ने स्थानको घुम्तीमा ट्रक घुम्तीदेखी ५०/६० मिटर खस्दा चालक मकवानपुर गोकर्ण गापा, ४ का सन्तबहादुर तितुङ र ट्रकधनी म्याग्दी अन्नपूर्ण गापा, १ दोवाका खुमबहादुर राम्जालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकबाट ट्रक खसेपछि सोही स्थानमा रहेका मजदुरले तत्काल उद्धार गरी आयोजनाका श्वास्थ्यकर्मीले प्राथमिक उपचारपछि वोलेरो जीपमा राखी थप उपचारकालागी बेनी अस्पताल रिफर गरेकोमा अस्पतालले मृत्यु घोषणा गरेको थियो ।