FLASH NEWS
  • Loading...

अासन्न चुनावसँगै म्याग्दीमा मदिरा खपत बढ्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४१८ पटक पढिएको
अासन्न चुनावसँगै म्याग्दीमा मदिरा खपत बढ्यो

स्थानीय तह निर्वाचनको सरगर्मी बढेसँगै दैनिक मदिरा र माशुको खपत बढ्न थालेको छ ।
म्याग्दीमा रहेका विभिन्न ब्राण्डका मदिराका डिलरहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत महिनामाभन्दा बैशाख लागेपछि मदिरा विक्रि बढेको छ । ब्यवसायीका अनुसार मदिरामध्य हार्ड ड्रिङ्स भन्दा स्ट्राेङ वियर बढी विक्रि भएको छ ।
‘अघिल्ला वर्षको वैशाखमा भनदा यो महिना बढी विक्रि भएको छ । चैतमा भन्दा वैशाखमा दोब्बरबढी विक्रि देखिन्छ’ गोर्खा व्रुअरीका वियरका डिलर मुक्तिनाथ इन्टरप्राईजेज बेनीका भीमनाथ रेग्मीले भने, ‘चैतमा १ करोड ५० लाख टान्जिसन थियो, वैशाखमा बढेर २ करोड ५० लाख पुगेको छ । चुनावको दिन आउन अझै एक हप्ता छ ।’ उनले थपे, ‘वियरको खपत रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा बढी गएको छ । बेनीमा अपेक्षित विक्रि छैन, धवलागिरीमा खासै विक्रि नै हुँदैन ।’
तथ्याड्ढ अनुसार टुवोर्ग, काल्सवर्ग, गोर्खा, वाह्सिङ्गे, अर्ना, टिम्सवर्ग, साईनमिगेल, नमस्ते, माउण्टेन, रकस्टार, नेपाल आईस, गोल्डस्टार, वेष्टनर, ५००० समेत विभिन्न ब्राण्डका वियर चैत महिनाको विक्रिभन्दा वैशाखको विक्रि दोब्बरधेरै बढेको छ । डिलरहरुका अनुसार वियरमा प्रिमियर भन्दा स्ट्रोङबढी विक्रि हुने गरेको छ ।
‘अघिल्ला वर्षहरु भन्दा अहिले स्ट्र्रङ वियरको माग छ । चुनावमा मदिरा बढी विक्रि हुन्छ भन्ने आशंका जस्तो ब्यापार छैन । मदिराका नयाँ सेवनकर्ता थपिएको देखिएन’ गोर्खा व्रुअरीको म्याग्दीको उत्तरी भेग र मुस्ताङका डिलर रहेका श्रेया इन्टरप्राईजेजका राजन श्रेष्ठले भने, ‘मदिराको ब्राण्ड धेरै थपिएकोले पनि एउटै ब्राण्डमा उल्लेख्ख खपत नदेखिएको हुन सक्छ ।’
वल्ड दरवार रेड/ब्ल्याक, सिग्नेचर, भ्याट ६९, म्याग्डोयल, एन्टीक्यूटि, भोड्का, खुकुरी रम, एटएटफोरएट, रुसलान, ब्लुरिभन भोड्का आदी ब्रण्डका स्वदेशी वोटलवन्द मदिराको पनि चैतमा भन्दा बैशाख लागेपछि विक्रि बढेको छ । चुनाव लक्षित मदिरा विक्री हुने समय अझै बाँकी रहेकोले केही खेप मदिरा जाँदैछ ।
स्वदेशी मध्यम स्तरका ब्राण्डेड भन्दा सस्ता करुवा, ठेकी, भेरी, पासपोर्ट, समेतका ४० युपी मदिराको ब्यापार धेरै बढी देखिएको छ ।
‘स्वदेशी ब्राण्डेड मदिराको चुनावले विक्री बढेपनि वियर र सस्ताखाले प्लास्टिक वोटलका मदिराको ब्यापार दोब्बर भएको छ’ चल्तीका वल्डदरवार, एटएटफोरएट, रुस्लान ब्राण्डका मदिराका डिलर रहेको लभ्लीहिल ट्रेडर्सका डम्बर घिमिरेले भने, ‘करुवा, पासपोर्ट, ठेकी आदी सस्ता मदिरा चैतमा भन्दा बैशाखमा दोब्बर खपत भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल