FLASH NEWS
  • Loading...

म्याग्दीका गाउँमा मौलाउँदै अफिम

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५२ पटक पढिएको
म्याग्दीका गाउँमा मौलाउँदै अफिम

जिल्लाका दुर्गम भेगका खाली जमिनमा फाट्टफुट्ट रूपमा लागु पदार्थको स्रोत अफिम खेती फस्टाउन थालेको छ । 
शुक्रवार मालिका गाउँपालिका, ५ देविस्थानको गाईखर्क क्षेत्रको ५ रोपनी क्षेत्रफलमा लगाईएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दरवाङबाट स्थानीय निर्वाचन सुरक्षाको क्रममा गस्तीमा रहेको प्रहरीलाई स्थानीयले अफिम खेती बारे सूचना दिएका थिए ।
गाउँमा लागुपदार्थका ब्यापारीहरुले सोझा किसानलाई प्रभावमा पारी अफिमको ब्यवसायीक खेती गर्न लगाएका भएपनि संलग्नको खोजी हुने गरेको छैन । प्रहरीले अफिम खेती गर्नेको पहिचान नखुलेकोले संलग्न पक्राउ पर्न नसकेको जनाएको छ ।
केही वर्ष अघि पनि प्रहरीले रघुगंगा गाउँपालिका, ६ पाखापानीका एक कृषकको करिव एक रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो । तर प्रहरीले पाखापानीको अफिम खेती तत्काल नष्ट गरेपनि अन्य वस्तीहरुमा पनि अफिम खेतीबारे भए/नभएको चासो राखेको थिएन ।


लागुपदार्थका कारोवारीहरुले जिल्लाका दुर्गम, न्युन जनसंख्या भएको र एकान्त क्षेत्रका सोझा किसानलाई कम लगानीमा धेरै आम्दानी हुने प्रलोभन देखाएर अफिमको ब्यवसायकी खेती गराउने गरेका छन ।
‘सुचनाको आधारमा शुक्रवार प्रहरीले दुर्गम देविस्थामा करिव ५ रोपनी क्षेत्रफल जमिनमा लगाएको अफिम नष्ट गरेका छौं’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायवउपरिक्षक तिलक भारतीले भने, ‘स्थानीय तह निर्वाचन सुरक्षामा खटिनु पर्ने भएकोले तत्काल अफिम खेतीको थप खोजी भएको छैन । निर्वाचनपछि गाउँगाँमा अभियानकै रुपमा अफिम खेती खोज्छौं ।’