FLASH NEWS
  • Loading...

जेठ १८ बाट मनसुन सक्रिय हुने, याे वर्खा धेरै वर्षाकाे अाँकलन, सतर्क रहाैं

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५४ पटक पढिएको
जेठ १८ बाट मनसुन सक्रिय हुने, याे वर्खा धेरै वर्षाकाे अाँकलन, सतर्क रहाैं

जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाले आउँदो १८ जेठदेखि १४ असोजसम्म कायम रहने चार महीने मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले माैषमी नक्सा बनाइ बर्षा हुने क्षेत्र देखाएकाे छ ।

प्राकृतिक विपत्तिको जोखिम रहेको नेपालमा सरदरभन्दा बढी वर्षा हुँदा बाढी, पहिरो, डुबानको जोखिम बढ्ने सम्भावना हुन्छ। हरेक वर्ष नेपालमा वर्षायाममा यस्ता विपत्तिका कारण सयौंले ज्यान गुमाउने गरेका छन्।

महाशाखाका अनुसार, आउँदो वर्षायाममा प्रदेश १ को उत्तरी क्षेत्र, मधेश प्रदेशको अधिकांश क्षेत्र र बागमतीको दक्षिणी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। त्यस्तै, देशका बाँकी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत छ।

गत ३० वर्षमा भएको वर्षाको आधारमा विभागले ३३.३ देखि ६६.६ प्रतिशतको वर्षालाई सरदर वर्षा भनेर मान्छ। विश्व मौसम संगठनको हावापानी प्रारूपको आकलन, विभागको आफ्नै हावापानी आकलनको प्रवृत्ति तथा दक्षिणएशियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा आगामी मनसुनबारे यस्तो प्रारम्भिक अनुमान सार्वजनिक गरिएको हो।

दक्षिणएशियाली जलवायु दृष्टिकोण मञ्चको वैशाख दोस्रो साता आयोजना गरिएको बृहत् बैठकले आगामी मनसुनमा एशियाका अधिकांश भागमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो।