- Loading...
युवा, जेष्ठ तथा अशक्तको मतदान निर्णायक
- पुनहिल डट कम
- २ साल अघि
- २९४ पटक पढिएको

|फाेटाे श्राेत ः सामाजिक सञ्जालबाट
‘०६४ सालयता मेरो भोट म आफैले हालेको छैन । तपाईले मेसो पाउनुहुन्न भन्दै छोराछोरीहरले नै हाल्दिन्छन’ बेनी नगरपालिका, ८ बेनीकी ७६ बर्षिया पवीसरा पुनले भनिन, ‘छाप लगाउने ठाउँमा म बाहिर उभिन्छु उनीहरुले आफुखुसी भोट हाल्छन ।’
पविसरा मात्र होईन, अशक्त अवस्थाका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिक सँधै आफैले मतदान गर्न पाउँदैनन । उनीहरुको मत वारेसेको भरमा निर्भर हुने गरेको छ ।
अशक्त अवस्थाका मतदाताले रोजेको चुनाव चिन्हमा अर्कैले छाप लगाई दिने भएकोले पहिलो मतको गोपनियता रहेन, दोस्रो मतदाताको इच्छाएको चिन्हमा नभै वारेसेको चाहेका चिन्हमा भोट हाल्ने चलन छ । निर्वाचनका वेला युवाहरुले घरपरिवार र आफन्तका घरमा भएका जेष्ठ तथा अशक्त मतदाता कस्ले वोकेर मतदान स्थलमा पुऱ्याउने होडबाजी हुने गरेको छ ।
‘मतदान अधिकृत र निर्वाचन प्रतिनिधी (दलका प्रतिनिधी)हरु विच सहमतिको आधारमा अशक्त मतदाताको मापदण्ड बनाई सोही अनुसार वारेसेले भोट हाल्न दिने चलन छ’ जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी चित्रनाथ शर्माले भने, ‘वारेसे मार्फत भोट हाल्दा सुनिश्चित हुने भएकोले दलहरु पनि सकेसम्म निर्वाचन अधिकृत भन्दा आफन्त वारेसे मार्फत नै भोट हाल्न रुचाउँछन ।’
त्यसैगरी दृष्टीविहीन मतदाताले पनि निर्वाचन प्रणाली आफुहरु मैत्री नभएकोले आफ्नो मतको गोपनियता हुन नसकेको गुनासो गर्दै आएका छन । ‘दृष्टीविहीनकालागी छुट्टै मतपत्र भएको भए, आफुले चाहेका उम्मेदवारको चुनाव चिन्हमा छामेरै भोट हाल्न सक्थ्यौं तर त्यसो नहुँदा वारेसेको भरमा मतदान गरर्छौ । गोपनियता गुमाईरहेका छौं’ म्याग्दी क्याम्पसमा अध्ययनरत दृष्टीविहिन गोपाल शर्माले गुनासो गरे ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनकालागी मतदान केन्द्रमा जेष्ठ नागरिक, अपाङ्गता भएको ब्यक्ति,सुत्केरी तथा गर्भवती महिलाहरुको लिष्ट नै तयार गरी सोही अनुसारका वारेसे पनि छनौट गरेका हुन्छन । कतिले त यस्ता वारेसे आवश्यक पर्ने मतदाताको परिचयन पत्र लै अघि नै संकलन गरी राखेका हुन्छन ।
‘जेष्ठ तथा अशक्त मतदाताहरु निर्णायक हुन्छन । स्थानीय तहमा झन बढी महत्व हुने भएकोले उम्मेदवारहरु सकेसम्म बढी वारेसे चाहिने मतदाताको परिचयन पत्र संकलन गरिन्छ’ एक वडाध्यक्ष पदका उम्मेदवारले भने, ‘आचरसंहिताको कारण मेरो नाम उल्लेख नगरिदिनुस । मैलेपनि साथीहरुलाई वारेसे चाहिने मतदाताको सूचि बनाउन लगाएको छु ।’
जिल्लामा ४१ हजार ४ सय १६ महिला, एक जना तेस्रो लिङ्गीसहित ८५ हजार ३ सय ७५ मतदाताले भोट हाल्दैछन । तथ्याङक उपलब्ध नभएपनि कुल मतदाताको ७ प्रतिशतबढी मत वारिसे मार्फत हाल्ने गरिएको अनुमान छ ।
निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा ७४ मतदान स्थलमा १ सय १४ मतदान केन्द्र तोकिएका छन । यस पटक १३ हजार ४ सय ६३ जना नयाँ मतदाताले पहिलो पटक मतदान गर्दैछन ।
सामान्यतया विदेश जाने, शहरमा अध्ययन, रोगजारी र ब्यवसायका लागी झरेका युवा पुस्ता नै थपिएका मतदाता हुन । थपिएका मतदातामध्य आधा रोजगारी वा अध्यनकालागी विदेश पुगेको अनुमान छ । निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा युनिट राखी नयाँ नागरिकता जारी भएसँगै सवैको नामावली संकलन गरेको थियो ।
समाजका अधिकांश पुराना मतदाता विभाजित छन । केही मात्र हेरफेर हुने हो । स्थानीय तह निर्वाचनका दुई खाले मतदाता निर्णायक हुन्छन, नयाँ मतदाता र जेष्ठ मतदाता । दलहरुले जेष्ठ मतदाताहरुको ‘वारिसे’ मार्फत मतदान गर्न लगाउने भएकोले कुन पार्टीले कति वारिसे मत खसाल्छ उसैको पक्षमा परिणाम जाने जोखिम हुन्छ ।
अर्का मतदाता समाजदेखी बाहिर हुर्के बढेका, राजनितीमा उत्ति चासो नभएका युवा पुस्ता भएकोले जुन उम्मेदवारले उनीहरुलाई प्रभावमा पार्न सक्छ निर्णायक उतै हुन सक्छन ।
युवा मतदाताले मतदान भनेको सनातन कर्मकाण्ड जस्तो भएको भन्दै बाजे जुन पार्टीको सदस्य हो, छोरा, नाती पनि उही पार्टीको सदस्य बन्नै पर्ने र भोट हाल्नै पर्ने बाध्यात्मक परिस्थिती (सेल्फ सेन्सरशिप) को युवाले सामना गर्नु परेको गुनासो गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
