FLASH NEWS
  • Loading...

याे वर्खा मुलकभर औसत वर्षा हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७८ पटक पढिएको
याे वर्खा मुलकभर औसत वर्षा हुने

यस वर्षको मनसुनमा मुलकभर औसत वर्षा हुने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहने ठहर गरेको हो।

सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्मलाई औसत वर्षा मानिन्छ। सोभन्दा कम र बढी वर्षा भएमा मौसमविदहरु न्यून वा अधिक वर्षका रुपमा बुझ्ने गर्छन्।

विश्व मौसम संगठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन सुरु हुनुभन्दा एक महिनाअघि नै दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको समाचार अाजकाे नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

डेढ साताअघि भारतको पुर्णेमा भएको सास्कोप जमघटले मुलुकको आगामी मनसुन औसत रहने ठहर गरेको मौसमविद् शान्ति कँडेलले बताएका छन् ।

सामान्यतया १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा केही दिन छिटो भित्रने मौसमविद्को अनुमान रहेको छ ।