- Loading...
यस्ता छन, उम्मेदवारका चुनाव जित्ने रणनिती
- पुनहिल डट कम
- २ साल अघि
- २६७ पटक पढिएको

उम्मेदवारहरु निर्वाचन चिन्ह् अंङिकत झण्डा बोकेका कार्यकर्ताको भीड ठूला लाउड स्पीकरमा चुनावी गीत र नारा घन्काउँदै मतदाताको घरदैलो गर्न ब्यस्त छन ।
जिल्लाका सवै काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले नगर तथा गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित उम्मेदवारको टोली तामझाम र दलवल सहित वस्ती–वस्ती उक्लेका छन । प्रत्यक वस्तीमा दैनिकै चुनावी सभा र घरदैलो चलिरहेको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा एमाले, सत्ता गठवन्धनका काँग्रेस–माओवादी केन्द्रका चुनावी रणनिती उस्तै उस्तै देखिन्छ । स्थानीय तह निर्वाचनका मुख्य प्रतिस्पर्धी एमाले– गठवन्धनका काँग्रेस/माओवादी केन्द्रले मुख्य तीन वटा टोली बनाएर प्रचार प्रसारमा खटिएका छन ।
पहिलो टोलीमा नगर/गाउँपालिका प्रमुख, उपप्रमुखसहितको मुल टोली । यो टोलीले वस्ती–वस्ती स्तरमा पुगेर चुनावी कार्यक्रम गर्ने, समुदायका अगुवा र प्रभाव पार्न सक्ने ब्यक्तिहरुसँग भेटघाट गर्ने गरेको छ ।
दोस्रो वडाध्यक्ष र सदस्यहरुसम्मिलित १०–१२ जनाको टोली सवै मतदाताको घरदैलोमा पुग्ने, गुनासा सुन्ने गरेको छ ।
तेस्रो टोली भने रणनितीक प्रकृतिको छ, विपक्षि उम्मेदवारले भेटेका ब्यक्ति, मतदाताको प्लोअप गर्ने, तटस्थ मतदाताको निक्यौलगरी उनीहरुको आवश्यकता पहिचान गर्ने र रिपोटिङ गर्ने ।
‘चुनाव हो, जित्ने कुरा प्रमुख रहन्छ । भनिन्छ नि, सर्पको खुट्टा सर्पले देख्छ, हो, स्थानीय तह निर्वाचनमा अझ मिहिन तरिकाले कार्यकर्ता परिचालन हुन नसके जीत हाँसिल गर्न सकिन्न’ बेनी नगरपालिका, ६ अथुँङ्गेका नारायण पौडेलले भने, ‘चुनावी सभा गर्ने, घरदैलो गर्ने, नमुना मत पत्र बाँड्ने चुनावमा देखिने रणनिती हुन, नाताकुटुम्ब जोड्ने, जात, धर्म, लिङ्गको नाता जोड्ने, वेरोजगार तन्नेरी पुस्तालाई रोजगारीमा जोड्ने योजना बुन्ने र विशेष परिचान गर्ने काम पर्दा भित्र भैरहन्छन ।’
जिल्ला स्तरिय नेताहरु भने अनुकुल अनुसार बढी मतदाता भएका गाउँ, पालिका मुकाम र उनीहरुको पुख्यौली थलोमा पुग्ने गरेका छन । सत्ता गठवन्धनका काँग्रेस–माओवादीका नेताहरुको सकृयता भने अलि रोचक छ ।
बेनी नगपालिकाको मेयरमा काँग्रेसलाई भोट माग्ने माओवादी कार्यकर्ता मालिका गाउँपालिकामा भने त्यही काँग्रेसलाई गाली गर्न पुग्ने गरेको छ एउटै नेताले विहान एउटा चुनवा चिह्मा, दिउँसो अर्को चुनाव चिन्हमा र साँझ तेस्रो चुनाव चिह्को झण्डा बोकेर भोट माग्ने गरेका छन ।
‘चुनावी तालमेलको बाध्यताले वल्लो वस्तीमा गाली गरेको पार्टीलाई पल्लो गाउँमा पुगेर राम्रो भन्नु पर्ने बाध्यताले नैतिक समस्या भने बनाउँदो रहेछ’ नेपाली काँग्रेसका जिल्ला सचिव हिरा पुनले भने, ‘निर्वाचन भनेको मुसा मार्ने चिज रहेछ न की विरालोको रंग हेर्ने । तालमेल गरेको स्थानमा मित्रवत दुवै दललाई मत माग्ने र तालमेल नभएको स्थानमा आफ्ना उम्मेदवारको मात्र भोट माग्ने गरिएको छ । विगतमा जस्तो अर्को पार्टीलाई गाली गर्न अप्ठ्यारो भयो ।’
दलका कार्यकर्ता र उम्मेदवारहरुको घरदैलो अभियानले खेतीवालीको चटारोमा पनि कृषक मतदानकालागी उत्साही छन । मतदाताहरु पनि लोभी देखिन थालेका छन ।
उम्मदेवारसँग ‘योजना’ माग्दै मत बार्गेनिङ गर्ने बढेका छन । मत बार्गेनिङ गर्नेमा अधिकाँश आमा समुह र युवा क्लव छन । महिला मतदाताको संख्या बढी भएकोले उम्मेदवारहरु पनि मतदाताको मनोभाव अनुसार प्रतिवद्धता पत्र भन्दै ‘हात हातमा योजना बाँड्दै’ घरदैलो गरिरहेका छन ।
‘निर्वाचनले मतदाताको बार्गेनिङ पावर बढाउने रहेछ । आमा समुह, युवा क्लव र अन्य समुहका मागले उम्मेदवारलाई बढी दवाव पार्ने गरेको छ’ एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘धेरै समुदायमा योजना देखाएर उम्मेदवारसँग अग्रिम रकम माग्ने पनि बढेका छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
