- Loading...
नगर/गाउँपालिकाका उम्मेदवारको खर्च सिमा कति छ ?
- पुनहिल डट कम
- २ साल अघि
- १८० पटक पढिएको

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन । आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भावी नेतृत्वका लागि दाबी गरेका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेको हो ।
नगरपालिका उम्मेदवारको खर्च सिमा :
आयोगका अनुसार नगरपालिका मेयर तथा उपमेयरका उम्मेदवारले ४ लाख ५० हजार र वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरुले दुई लाख रुपैयाँभन्दा बढी खच गर्न नपाउन गरी उम्मेदवारलाई सचेतसमेत गराइसकेको छ ।
जसअनुसार नगरपालिकाका मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधन र घोडाचढीमा ९० हजार, सवारी इन्धन/दानामा १९ हजार, प्रचार प्रसार सामग्रीमा एक लाख, ढुवानीमा १० हजार, गोष्ठी/कार्यकर्ता परिचालनमा ८० हजार, अन्य प्रचार प्रसार (छाप था विद्युतीय माध्यम) मा ६० हजार, कार्यालय सञ्चालनमा ३० हजार, प्रतिनिधि परिचालनमा ५० हजार र विविधमा १० हजार गरी ४ लाख ५० हजार रुपैयाँँभित्रको सीमाभित्र रहेर खर्च गर्नुपर्ने आयोगले निर्देशन दिएकाे छ ।
यसैगरी, नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्यसहित महिला, दलित र अल्पसंख्यक सदस्यहरूले मतदाता नामावली खरिदमा पाँच सय, सवारी साधन र घोडचढीमा १६ हजार, सवारी इन्धन/दानामा ११ हजार, प्रचार प्रसार सामाग्रीमा ७० हजार, ढुवानीमा ७ हजार, गोष्ठी/कार्यकर्ता परिचालनमा ५१ हजार, अन्य प्रचार प्रसार (छापा तथा विद्युतीय माध्यम) मा ३० हजार, कार्यालय सञ्चालनमा १२ हजार, प्रतिनिधि परिचालनमा १८ हजार र विविधमा ४ हजार ५ सय गरी ३ लाख ५० हजार रुयैँया भित्रको सीमा भित्र रहेर खर्च गर्नुपर्ने आयोगको भनाइ छ ।
गाउँपालिका उम्मेदवारको खर्च सिमा :
आयोगका अनुसार गाउँपालिका अध्यक्ष वा उपाध्यक्षका उम्मेद्वारले तीन लाख ५० हजार र वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरूले कम्तिमा एक लाख ५० रुपैयाँभन्दा बढी खर्च गर्न नपाउन गरी उम्मेदवारलाई हदबन्दी तोकिदिएको छ ।
जसअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधन र घोडचढीमा ६० हजार, सवारी इन्धन/दानामा २० हजार, प्रचारप्रसार सामग्रीमा ८० हजार, ढुवानीमा ६ हजार, गोष्ठी/कार्यकर्ता परिचालनमा ८० हजार, अन्य प्रचारप्रसार (छापा तथा विद्युतीय माध्यम) मा ३० हजार, कार्यालय सञ्चालनमा १८ हजार, प्रतिनिधि परिचालनमा ४५ हजार र विविधमा १० हजार गरी तीन लाख ५० हजार रुपैयाँ सीमाभित्र रहेर खर्च गर्नुपर्ने आयोगको निर्देशन छ ।
यसैगरी, गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्यसहित महिला, दलित र अल्पसंख्यक सदस्यहरूले मतदाता नामावली खरिदमा ५ सय, सवारी साधन र घोडचढीमा ११ हजार, सवारी इन्धन/दानामा ५ हजार, प्रचारप्रसार सामग्रीमा ६० हजार, ढुवानीमा ५ हजार, गोष्ठी/कार्यकर्ता परिचालनमा ३२ हजार, अन्य प्रचारप्रसार (छापा तथा विद्युतीय माध्यम) मा सात हजार, कार्यालय सञ्चालनमा १० हजार, प्रतिनिधि परिचालनमा १६ हजार र विविधमा तीन हजार ५ सय गरी एक लाख ५० हजार रुपैयाँभित्रको सीमा भित्र रहेर खर्च गर्नुपर्ने आयोगको भनाइ छ ।
गत आइतबार स्थानीय तहका लागि चुनाव चिह्न पाएलगत्तै सोमबार बिहानैबाट घरदैलो अभियानलाई उम्मेदवारहरूले थप तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेको छ भने संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आयोगले ३० वैशाखका लागि दोस्रो पटक स्थानीय तहको निर्वाचन एकैपटक गराउँदै छ । यसअघि ३–३ पटक गरेर पहिलो निर्वाचन २०७४ सालमा सम्पन्न गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
