आज:  | Thu, 19, May, 2022

मंगलबार देशैभरी सार्वजनिक विदा

१९ बैशाख २०७९, सोमबार १५:२४ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

सरकारले भोलि मंगलबार देशैभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीले मनाउने ईद-उल-फित्रमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो । भोलि विदा दिनको लागि मुस्लिम आयोगले सिफारिस गरेको थियो ।

रमजान सकिएको भोलिपल्ट ईद मनाइन्छ । गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सकिँदैछ । भोलि ईदको दिन मुस्लिम धर्मावलम्बीहरू ईदगाहमा गएको मुबारकबाद साटासाट गर्छन् ।