FLASH NEWS
  • Loading...

प्रि मनसुन सक्रिय, वर्षा अझै केही दिन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२१ पटक पढिएको
प्रि मनसुन सक्रिय, वर्षा अझै केही दिन

लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कलमात्र  प्रि  मनसुनी  वर्षा  भइरहेको  थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका  अनुसार  अझै  तीन  दिन  प्रि  मनसुन  सक्रिय रहनेछ । विभागका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो  । भारतको  पश्चिम  बङ्गालदेखि  पूर्वी  भेग  हुँदै  उत्तरप्रदेशसम्म बलियो न्यूनचापीय रेखा बनेको छ । यो नेपालको दक्षिण भेगबाट थोरै परसम्म पर्छ । पश्चिम–दक्षिण  हुँदै  पूर्वतर्फ  सोझिनेक्रममा  मौसम  प्रणालीले  यात्रा  गरिरहेको  अनुमान  मौसमविद्हरूले  गरेका  छन् ।

जब यो रेखा नेपालको पूर्वी भेगतर्फ पूर्ण रूपमा सोझिन्छ, तब नेपालमा मनसुन भित्रने गर्छ । अहिलेको  मौसम  प्रणालीअनुसार  नेपालको  प्रदेश  १,  बागमती,  गण्डकी,  कर्णाली  र  तराईका  अधिकांश भू–भागमा राम्रो बदली रहेको छ ।

शुक्रबार अपराह्नदेखि  शनिबार  बिहानसम्मको  अवस्था  विश्लेषण गर्दा काठमाडौँलगायत देशका अधिकांश भू–भागमा वर्षा भएको छ । महाशाखाले सार्वजनिक गरेको साताव्यापी कृषि मौसम पूर्वानुमान विवरणअनुसार भने आउँदो साताको अन्त्यसम्मै  देशका  विभिन्न  भू–भागमा  हल्कादेखि  मध्यम  वर्षाको  क्रम  रहनेछ  ।  

२०७९ वैशाख १८ गते (आइतबार

राती :  प्रदेश १मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशका केही भू-भागमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १९ गते (सोमबार

दिउँसो : प्रदेश १मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलि रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश,  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।  

२०७९ वैशाख २० गते (मंगलबार)

दिउँसो : प्रदेश १मधेश प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशका केही भू-भागमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।