FLASH NEWS
  • Loading...

म्याग्दीको मालिकामा अध्यक्षमा एमालेका बेगप्रसाद र उपाध्यक्षमा लक्ष्मी पुन विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२२ पटक पढिएको
म्याग्दीको मालिकामा अध्यक्षमा एमालेका बेगप्रसाद र उपाध्यक्षमा लक्ष्मी पुन विजयी

म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक मतपरिणाम अनुसार पालिका अध्यक्षमा एमालेका वेगप्रसाद गर्वुजा र उपाध्यक्षमा एमालेकै लक्ष्मी पुन विजयी भएका छन । म्याग्दीमा पालिका अध्यक्ष, उपाध्यक्षमा एमालेले विजय सुरुआत गरेको हो ।
एमालेका बेगप्रसाद गर्वुजाले ३ हजार ९१ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९ सय ७० मत पाए । नवनिर्वाचित गर्वुजा ०७४ सालको निर्वाचनमा यीनै रोकाबाट पराजित भएका थिए । 
मालिका गापाको ७ वटा वडा मध्य ६ वटा वडाको मतगणना गर्दा २ सय २९ को अग्रता लिएका काँग्रेसका श्रीप्रसाद रोकालाई मालिका, ७ विमका ९ सय ७१ मत गन्दा परिणाम उल्टिएर एमालेका बेगप्रसाद गर्वुजाको पोल्टामा परेको हो ।
त्यस्तै, पालिका उपाध्यक्षमा पनि ७ वडा मध्य ६ वटा वडाको मतगणना गर्दा काँग्रेसकी पिपला बुढाले २ सय ८७ मतले अग्रता लिएकी थिईन । तर ७ नम्बर वडाका मत गणना गर्दा उल्टिएर एमालेकी लक्ष्मी पुनको पक्षमा पुगेको हो ।

मालिका गाउँपालिकामा काँग्रेसले तीन, एमालेले दुइ र माअाेवादी केन्द्रले एक वडाध्यक्षसहित प्यानल–प्यानल विजयी भएका छन ।