FLASH NEWS
  • Loading...

मालिकामा काँग्रेसलाइ धाेका, कार्यापालिका निर्वाचनमा माओवादीको फ्लोर क्रस

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३८१ पटक पढिएको
मालिकामा काँग्रेसलाइ धाेका, कार्यापालिका निर्वाचनमा माओवादीको फ्लोर क्रस

मालिका गाउँपालिकामा विहिवार सम्पन्न कार्यपालिका निर्वाचनमा माओवादी केन्द्रले काँग्रेसलाइ धाेका दिएर फ्लोर क्रसगरी एमालेलाई जिताएको छ ।
मालिका गाउँपालिका कार्यपालिका निर्वाचनमा १५ मत भएको काँग्रेस र ५ मत भएको माओवादी केन्द्रले एक सिट पनि नजितेको नेकपा एसलाई समेत समावेशगरी गठवन्धन गरी उम्मेदवारी दर्ता गरेका थिए । एमालेको १७ मत थियो ।
माओवादी केन्द्रका वडाध्यक्षसमेत सदस्यले गठवन्धनबाट फ्लोर क्रस गरेका हुन । तर गठवन्धनका माओवादी केन्द्रका मतदाताले माओवादी केन्द्रका २, नेकपा एसका एक र बाँकी तीन जना एमालेका उम्मेदवारलाई भोट हाली निर्वाचित गरेका छन ।

फ्लोर क्रस गरेका माओवादीहरुले कार्यपालिका सदस्यमा दलित अल्पसंख्यक कोटावाट उम्मेदवार बनेकी पूर्व उपाध्यक्ष खरमायाँ विटालुलाई हराई नेकपा एसका अनुप गौचनलाई जिताएका छन । एमालेले विटालुलाई जिल्ला समन्वय समितिको उपाध्यक्षमा ल्याउने तयारी गरेको थियो ।
कार्यपालिका निर्वाचनमा काँग्रेसको भोट इमान्दारीपूर्वक गठवन्धनका उम्मेदवारलाई हालेपनि माओवादी केन्द्रले एमालेको एउटा खेमासँग साँठगाँठ गरेपछि जिल्लाभर गठवन्धनमा तनाव सृजना भएको छ । यस विषयमा प्रतिकृया लिन माओवादी केन्द्रका जिल्ला संयोजक तथा मालिका गापाका अध्यक्ष प्रत्यासी सुविन जुग्जालीलाई सम्पर्क राख्दा मोवाईल उठेन ।