FLASH NEWS
- Loading...
नेकपा एसले गठवन्धनका उम्मेदवारलाइ मत नदिने
- पुनहिल डट कम
- २ साल अघि
- २५२ पटक पढिएको
नेकपा एकिकृत समाजवादी म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनका कुनै पनी उम्मेदवारलाइ मत नदिने बताएकाे छ ।
गठवन्धनका दलले अपमान गरेकाे भन्दै नेकपा एसका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले प्रेस विज्ञप्ती प्रकाशित गरी कसैलाई जिताईदिने गोटी वन्न उपयुक्त नठानेर पाँच दलिय गठवन्धनबाट अलग भएको बताएका छन । नेकपा एसले बेनी नगरपालिका, मंगला गापा समेतका स्थानीयत तहमा दिएका मनाेनयन फिर्ता गरेकाे थियाे ।
गठवन्धनका उम्मेदवारलाइ मत नदिनेगरी गठवन्धनबाट बाहिरिएकाे बताएकाे नेकपा एसका अध्यक्ष विश्वकर्माले एमालेकाे नाम नलिइ स्थानीय निर्वाचनमा योग्यता, दक्षता र क्षमता भएका नेता छानेर मतदान आफ्ना नेता तथा कार्यकर्तालाई विवेकपूर्ण मतदान गर्न आव्हान गरेका छन ।
प्रतिक्रिया दिनुहोस