FLASH NEWS
  • Loading...

मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३१ पटक पढिएको
मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

स्थानिय वायु, उत्तर प्रदेश देखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापिय प्रणाली  तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाबाट शनिबार जारी बुलेटिनमा प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शनिबारदिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र कर्णाली प्रदेश र मधेस प्रदेशका एक- दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।