- Loading...
एमालेका उम्मेदवार घरदैलाेमा, गठवन्धनकाे दवावले काँग्रेस-माके र समाजवादीका उम्मेदवार अन्यौलमा
- पुनहिल डट कम
- २ साल अघि
- २९८ पटक पढिएको

एमालेका उम्मेदवारहरु घरदैलोमा ब्यस्त रहँदा गठवन्धनको दवावले काँग्रेस, माओवादी केन्द्र र समाजवादीबाट विभिन्न पदमा मनोनयन गरेका उम्मेदवार अन्यौलमा भने परेका छन ।
बेनी नगरपालिकामा काँग्रेसले उपमेयर उम्मेदवार अमृतदेवी बानियाँको नाम फिर्ता लिएर माओवादी केन्द्रकी ज्योति लामिछानेलाई र रघुगंगामा पनि काँग्रेसकी प्रेमकुमारी पुनको नाम फिर्तागरी माकेकै रीम कटुवाललाई सर्मथन गर्न गठवन्धनमा केन्द्रीय दवाव छ । तर काँग्रेस भित्र तीन दिने उम्मेदवार बन्दा कार्यकर्ताको मनोवल गिर्ने भन्दै गठवन्धन नगर्न दवाव छ ।
छुट्टाछुट्टै मनोनयन दर्ता गरेका उम्मेदवारहरु उम्मेदवारी फिर्ता गर्ने लिष्टमा परिएला भन्ने पीरमा छन । बेनी नगरपालिकाको उपप्रमुख, मालिका गाउँपालिकाका प्रमुख र उपप्रमुख र घुगंगाको उपप्रमुख तथा केही वडाध्यक्षका उम्मेदवारमध्य केहीले नाम फिर्ता गर्नु पर्ने हुन्छ ।
जिल्लाका सवै पालिकाको प्रमुख, उपप्रमुखमा उम्मेदवारी दिएको माधव नेपालको समाजवादीले पनि अन्य सवै छोडेर बेनी नगरपालिको उपप्रमुखमा मुना बानियाँलाई टिकट दिन चर्को दवाव दिई रहेको छ । जिल्लामा काँग्रेसले भाउ नदिएपछि माके र समाजवादीले केन्द्रीय नेतृत्व मार्फत जिल्लामा काँग्रेसलाई गठवन्धन गर्न दवाव दिईरहेका छन ।
‘मतदाताको दैलोमा जाउँ, भोली नाम फिर्ता गर्नु परे के गर्ने, नजाँउ प्रतिस्पर्धी एमालेका उम्मेदवार मतदाताको घरदैलोमा पुगी सके’ समाजवादीका जिल्ला अध्यक्ष कृष्णकृुमार विश्वकर्माले भने, ‘उम्मेदवार नै अन्यौलमा रहँदा मतदाताको घरदैलोमा पुग्न र ब्यवस्थापनमा ढिलाई भएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
