FLASH NEWS
  • Loading...

दलवदलु नेता : एमालेबाट पालिका अध्यक्षमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८७ पटक पढिएको
दलवदलु नेता : एमालेबाट पालिका अध्यक्षमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार

नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष होमबहादुर थापा पालिका प्रमुख/उपप्रमुखमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बनेका छन ।
एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार मात्र धवलागिरी पालिकामा थमसरा पुनलाई प्रमुखमा दोहोऱ्याउने र प्रगती कार्कीलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको थिए । पालिका प्रमुखमा दावी गरेका थापाले पार्टी निर्णयमा असन्तुष्ट भै ‘क्षमता’ देखाउन भन्दै राप्रपाबाट प्रमुख पदमा मनोनयन दर्ता गरेका थिए ।

एमालेले थापा पुराना कार्यकर्ता भएपनि चुनाव जित्न याेग्यता नराख्ने र कार्यकर्ताले नरूचाएका अाकांक्षी भएकाेले उम्मेदवार नवनाएकाे दावी गरेकाे छ ।
धवलागिरी गापाको प्रमुख, उपप्रमुख पदमा पार्टीको टिकट वितरणमा चर्को असहमति भएको जानकारी विवाद सुल्झाउन बेनीबाट एमाले केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष समेतको टोली धवलागिरी पुग्दा थापाले राप्रपाबाट मनोनयन दर्ता गरी फर्केका थिए । थापाले एमाले टोलीसँग भेट्न समेत मानेनन ।