FLASH NEWS
  • Loading...

मुस्ताङकाे लोघेकर दामोदर कुण्ड गाउँपालिकाका तीन वडामा एमालेका वडाध्यक्ष निर्विरोध

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०८ पटक पढिएको
मुस्ताङकाे लोघेकर दामोदर कुण्ड गाउँपालिकाका तीन वडामा एमालेका वडाध्यक्ष निर्विरोध

मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको १, ३ र ४ वडामा एमालेका वडाध्यक्षहरु निर्विरोध भएका छन ।
लोघेकर दामोदर कुण्ड गाउँपालिकाका, १ मा वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, ३ नम्बर वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ र ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका हुन । 
अध्यक्ष र उपाध्यक्षमा एमालेका लोप्साङ छेम्पेल विष्ट र काँग्रेस, माओवादी केन्द्र र समाजवादीको गठवन्धनबाट समाजवादीकी देव गुरुङ विच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ र गठवन्धनबाट काँग्रेसकी लक्ष्मी गुरुङ विच प्रतिस्पर्धा हुने भएको छ ।
‘ लोघेकर दामोदर कुण्ड गाउँपालिकाकालाई कार्यसम्पादनमा देशकै उत्कृष्ट पालिका वनाए वापतको पुरस्कार स्वरुप गठवन्धनसँग पुन: अध्यक्षमा चुनावी मैदानमा जाँदैछु’ एमालेबाट पालिका अध्यक्ष पदका प्रत्यासी लोप्साङ छेम्पेल विष्टले ‘तीन वडाध्यक्ष निर्विरोध भएका छन । चुनाव शान्तिपूर्ण र मैत्रीपूर्वक नै हुने छ ।’