FLASH NEWS
  • Loading...

बाग्लुङमा जनक, ढोरपाटनमा देवकुमार उम्मेदवार एमालेका उम्मेदवार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६४ पटक पढिएको
बाग्लुङमा जनक, ढोरपाटनमा देवकुमार उम्मेदवार एमालेका उम्मेदवार

बागलुङका पाँचवटा स्थानीय तहमा नेकपा एमालेका उमेद्वारको टुंगो लागेको छ । नेकपा एमाले गण्डकी प्रदेश कमीटिले पालिका कमिटिले गरेको सिफारीसका आधारमा उमेद्वारको टुंगो लगाएको हो ।

एमाले बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपालीका अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा जनकराज पौडेल र उप प्रमुखमा पवित्रा रोका उमेद्वार बन्ने भएका छन् । पौडेल यसअघीको निर्वाचनमा एमालेबाट निर्वाचित नगर प्रमुख हुन् ।

एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाई उमेद्वार बनाउने भएको हो । ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली र करमती पुनलाई एमालेले दोहोराउने भएको छ । बागलुङका बाँकी पाँचवटै स्थानीय तहमा यसअघीनै उमेद्वारको टुंगो लागेको थियो ।