FLASH NEWS
  • Loading...

नेकपा एमालेबाट जलजलाको अध्यक्षमा लालबहादुर र उपाध्यक्षमा जिसी उम्मेदवार

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८० पटक पढिएको
नेकपा एमालेबाट जलजलाको अध्यक्षमा लालबहादुर र उपाध्यक्षमा जिसी उम्मेदवार

नेकपा एमालेले पर्वतको जलजला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

गण्डकी प्रदेश कमिटीले सोमबार विहान अध्यक्ष पदमा लालबहादुर अधिकारी र उपाध्यक्षमा सुनिता जिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जलजला २ मल्लाजका अधिकारी पालिका कमिटीका अध्यक्ष समेत हुन । भने उपाध्यक्षको उम्मेदवार सुनिता जिसी जलजला ७ मिलनचोक निवासी हुन।

पालिका कमिटीमा सहमति नभएपछि ६ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएसँगै आज एमालेले उम्मेदवारी दर्ताको तयारी गरेको छ ।