FLASH NEWS
  • Loading...

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११७ पटक पढिएको
स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । १२ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ। 

यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ। १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने अायाेगले जनाएकाे छ। 

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

म्याग्दीमा पनि दलहरूले बैशाख ११ र १२ गते दुवै दिन उम्मेदवारी दर्ता हुँदैछ । म्याग्दी काँग्रेसले मालिका र अन्नपुर्णमा अाज मनाेनयन दर्ता गर्दै छ । अन्य पालिकामा माअाेवादी केन्द्रसंगकाे गठवन्धन टुङ्गाे नलागेकाेले केहीले अाज र केहीले भाेली उम्मेदवारी दर्ता गर्ने काँग्रेस सचिव हिरा पुनले जानकारी दिए । 

त्यस्तै नेकपा एमालेले जिल्लाभर एकसाथ भाेली बैशाख १२ गते मनाेनयन दर्ता गरिने अध्यक्ष देवेन्द्र केसीले बताए । जिल्लाका बेनी, धवलागिरीमा प्रमुख, उपप्रमुख तथा मालिका र मंगलाकाे उपप्रमुखमा नाम टुङ्गाे गर्न एमाले गण्डकी प्रदेश कमिटीले ढिलाइ गरेकाेले सवै पालिकामा भाेली उम्मेदवारी दर्ता गरिन लागेकाे एमालेले बताएकाे छ ।

त्यस्तै माअाेवादी केन्द्रले पनि भाेली वैशाख १२ गते जिल्लाका सवै पालिकामा एकसाथ उम्मेदवारी दिन लागेकाे जनाएकाे छ । माअाेवादी केन्द्रले धवलागिरीमा काँग्रेससँग गठवन्धन गरेकाे छ । मंगला, बेनी र रघुगंगामा वर्ता भैरहेकाे काँग्रेसले जनाएकाे छ । तर माअाेवादी केन्द्रका जिल्ला संयाेजक सुविन जुग्जालीले धवलागिरी बाहेक अन्य पालिकामा गठवन्धन नभएकाे बताए । 

नेकपा समाजवादीले पनि भाेली वैशाख १२ गते मात्र उम्मेदवार मनाेनयन दर्ता गर्ने जनाएकाे छ । एसका अध्यक्ष कृष्णकुमार विश्वकर्माका अनुसार अाज साँझसम्म सवै पालिकामा उम्मेदवारकाे टुङ्गाे गरी भाेली उम्मेदवारी दर्ता हुने छ । 

मंगाेल अर्गनाइजेशनले अाज मनाेनयन दर्ता गर्ने भएकाे छ ।