FLASH NEWS
  • Loading...

अन्नपुर्ण गाउँपालिकामा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार समेत पुरै टिम एमालेमा प्रवेश

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४० पटक पढिएको
अन्नपुर्ण गाउँपालिकामा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार समेत पुरै टिम एमालेमा प्रवेश

माओवादी केन्द्र म्याग्दीका जिल्ला कमिटी सदस्य तथा अन्नपूर्ण गाउँपालिका, २ भुरुङको वडाध्यक्ष एवं आसन्न निर्वाचनमा सोही पदका उम्मेदवार घोषित ओम फगामीसमेत सवै टिम एमालेमा समाहित भएको छ ।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेको ओम फगामी समेतको टोलीलाई शनिवार पोखरेबगरमा आयोजित एक कार्यक्रमकाा विच एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला अध्यक्ष देवेन्द्र केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला सदस्य खण्ग गिरी समेतको टोलीले खादा र टिका लगाई स्वागत गरेका छन ।


त्यसैगरी सोही कार्यक्रममा नेपाली काँग्रेस अन्नपूर्ण गापा, २ भुरुङका उपसभापति तुलबहादुर पुर्जा पनि एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
फगामीसँगै पूर्व जिल्ला सदस्य लोकबहादुर पुर्जा, वाईसिएलका पालिका इन्चार्ज इन्द्र थापा , दिनेश विक, विष्णु दमाई, टेकमायाँ तिलिजा, रेसम पुन, अनिल फगामी समेत पार्टीका विभिन्न पदमा अावद्ध ६१ जना समेत २ सयबढी एमाले प्रवेश गरेको एमाले जिल्ला उपाध्यक्ष वालकृष्ण सुवेदीले बताए । माओवादी केन्द्रको अन्नपूर्ण गापा, २ को पार्टी, महिला र आईसिएलको पुरै टिम एमाले प्रवेश गरेको हो । शुक्रवार मात्र माओवादी केन्द्रका सोही ठाउँबाट बुद्धी पुन काँग्रेस प्रवेश गरेका थिए ।

नेकपा एमालेका अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारहरु भरत पुन र दीवा तिलिजासमेतको टिमले फगामीको टिमलाई एमालेमा ल्याउन महत्वपूर्ण भुमिका खेलका थिए ।