FLASH NEWS
  • Loading...

जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७७ पटक पढिएको
जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

तिला गाउँपालिकाका-३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ। आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

आगो निभाउनको लागि जिल्ला सुरक्षा समितीका संयोजक सिडिओ बिजयाकुमारी प्रसाई सहितको टोली घटनास्थलमा पुगेको थियो । आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले जनाए। घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। *इकान्तिपुरबाट