FLASH NEWS
  • Loading...

मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३५४ पटक पढिएको
मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

विहार र पश्चिम बंगालमा आसपास रहेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभावले नेपालकाे सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेकाे छ । 

मौसम पूर्वानुमान महाशाखाले माैषमी पुर्वानुमान वुलेटिन अनुसार हाल अाज शुक्रवार दिउँसाे प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा बदली रहने छ। गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का  थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

अक्वा वयदरकाे माैषमी राडरले म्याग्दी सदरमुकाम बेनी समेत गणडकी प्रदेशका म्याग्दी, पर्वत, बाग्लुङ र मुस्ताङसम्मै मध्यम बर्षासहित असिनापानीकाे संभावना देखाएकाे छ । 

त्यस्तै राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।