FLASH NEWS
  • Loading...

नेकपा स्थापनाकै दिन हेटाैडामा मदन-आश्रितको शालिक तोडफोड

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६५ पटक पढिएको
नेकपा स्थापनाकै दिन हेटाैडामा मदन-आश्रितको शालिक तोडफोड

नेकपा स्थापना दिवसकै दिन हटाैडामा रहेकाे मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएकाे छ । 

हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे।

बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए।

पार्कमा रहेका अन्य संरचना गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको बताउँछन्।