FLASH NEWS
  • Loading...

प्रकाश माबि परीक्षा केन्द्रबाट आमा–छोरा एसईई परिक्षामा सहभागी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८८ पटक पढिएको
प्रकाश माबि परीक्षा केन्द्रबाट आमा–छोरा एसईई परिक्षामा सहभागी

म्याग्दी सदरमुकाम बेनीको प्रकाश माध्यामिक विद्यालय केन्द्रबाट यस वर्षकाे माध्यमिक शिक्षा (एसईइ) परीक्षामा अामाछाेरा सामेल भएका छन ।
बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट दिलशोभा पुन (४४ वर्ष) र वेष्टपोईन्ट आवसिय माध्यामिक विद्यालयबाट छोरा प्रीतम पुन एसईई परिक्षामा सहभागी भएका हुन ।
औपचारिक शिक्षाबाट छुटेका वयस्कहरुकालागी खुलेको बैकल्पिक उज्यालो विद्यालयबाट रेनु मल्ल (५६), योगमायाँ शर्मा (६०), दिलशोभा पुन (४४) र धनकुमारी कामी (३७)ले एसईइ परिक्षामा सहभागी भएका हुन ।


त्यसैगरी जिल्लामा पहिलो पटक जडभरत शालग्राम गण्डकी संस्कृत माध्यमिक विद्यालयबाट ९ जना बटुकहरु एसईइ परीक्षामा सहभागी भएका छन । दुई जना दृष्टीविहीन समेत परीक्षामा अपाङ्गता भएका १६ जना विद्यार्थी सहभागी छन ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्षको एसईइ परीक्षामा जिल्लाबाट १ हजार १ सय ६० छात्रासमेत नियमित तर्फ २ हजार २ सय ४५ विद्यार्थी सामेल छन ।