FLASH NEWS
  • Loading...

भारत र चीनमा फेरी कोराेना बढेपछि नेपालमा उच्च सतर्कता

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६० पटक पढिएको
भारत र चीनमा फेरी कोराेना बढेपछि नेपालमा उच्च सतर्कता

सरकारले भारत र चीनमा कोभिड – १९ को संक्रमण देखिएपछि थप सतर्कता अनपाउन सिमा नाकालाई निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भारत र चीनबाट नेपाल भित्रने व्यक्तिहरुलाई त्रिुभवन अन्तराष्ट्रिय विमानस्थल सहित स्थल नाकामा उच्च सतर्कता र एन्टीजेन परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

महशाखाले पशुपति नगर, काकडभित्ता, रानी भन्सार, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया नाकालाई निर्देशन दिएको हो । यस्तै कृष्णनगर, त्रिनगर, गड्डाचौकी, झुलाघाट, पलाघाट नाकालाई पनि नेपाल भित्रने यात्रुको विशेष परीक्षण गराउन निर्देशन दिएको छ ।

‘आउने यात्रुहरुको स्क्रिनिङ तथा परीक्षण कार्यलाई उच्च प्राथमिकताका साथ परीक्षण गर्ने र कोभिड देखिएमा पूर्ण खोप नलगाएको पाइएमा र स्क्रिनिङको क्रममा कोभिड १९ को शंका देखिएमा परीक्षण गराउन अनुरोध छ’ भनिएको छ ।

परीक्षणका क्रममा पोजेटिभ आएमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंग समन्वय गरी जिनसिक्वेििसङको लागि नमूना पठाउन भनिएको छ ।

भारत तथा चीनमा संक्रमण बढेपछि आज स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्ती जारी गर्दै कोभिडविरुद्धको खोप पूर्ण रुपमा लगाउन र पूर्ण रुपमा लगाएको ३ महिना पुगेमा बुस्टर डोज लगाउन अनुरोध गरेको छ ।