FLASH NEWS
  • Loading...

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७९ पटक पढिएको
म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

म्याग्दीमा दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौको सेभ द हार्ट,  मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको सह–आयोजनामा बैशाख १६ र १७ गते बेनी अस्पतालमा शिविर हुन लागेकाे स्थानीय अायाेजक ओमकुमारी शान्ति कोषले जनाएकाे छ । 
शिविरमा स्वदेश तथा विदेशका समेत करिब ४० जना चिकित्सक, स्वास्थ्यकर्मीकाे टाेलीले सेवा दिने छन ।  मुटु रोगको बारेमा सचेतना र रोगवारे जान्ने अवसर समेत हुनेभएकाले शिविरमा आएर चेकजाँच गर्ने अवसरकाे रूपमा लिइएकाे छ । शिविरमा निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्नलाई उपचारमा आवश्यक सहयोग समेत गरिनेछ ।