FLASH NEWS
  • Loading...

अनअराइभल भिसाका लागि नगद लिएर आउन आग्रह

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८५ पटक पढिएको
Post Thumbnail

विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरिएको हो ।
अध्यागमन कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटिएम मेसिन रहेकाले विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकाले भीडभाड तथा झण्झटबाट जोगिनका लागि नगदै बोकेर आउन भनिएको छ ।