FLASH NEWS
  • Loading...

बेनीको मेयरमा काँग्रेसबाट १० जना र उप–मेयरमा ३ जनाको नाम सिफारिस

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५३ पटक पढिएको
बेनीको मेयरमा काँग्रेसबाट १० जना र उप–मेयरमा ३ जनाको नाम सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरमा १० जना र उपमेयरमा ३ जनाको नाम सिफारिस भएको छ ।

बिहिबार सम्प्न्न भएको बेनी नगर कार्य समितिको बैठकले मेयरका लागि भरतबहादुर रकाल, नेत्रबहादुर महत, माधव प्रसाद रेग्मी, क्या. मिनबहादुर कार्की, रबिन्द्र कार्की (रबि), चिरञ्जीवी शर्मा, दुर्गाराम सुबेदी, बिमला गौचन, मनोजकुमार कार्की र हरिप्रसाद पौडेलको सिफारिस गरेको छ ।

त्यस्तै उप–मेयरका लागि अमृतदेवि बानियाँ, संगिता श्रेष्ठ र सुजता खत्रीको नाम सिफारिस गरिएको छ ।