- Loading...
कुलमानलाई निर्वाचन आयोगको स्पष्टीकरण माग्याे
- पुनहिल डट कम
- २ साल अघि
- १६० पटक पढिएको

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा स्पष्टीकरण मागेको छ।
नेकपा (माओवादी केन्द्र) ले घिसिङको तस्वीर राखेर चुनावी पोस्टर बनाएको विषयमा आयोगले स्पष्टीकरण मागेको हो। आयोगले मागेको तीनबुँदे स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएमा घिसिङलाई एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ।
आयोगको पहिलो प्रश्न छ, “तपाईंको समेत फोटो राखी नेकपा (माओवादी केन्द्र) ले चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन?”
त्यस्तै, अर्को प्रश्न छ, “उक्त पोस्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा हालसम्म किन सार्वजनिक रूपमा आपत्ति नजनाउनुभएको वा उजुरी किन नदिनुभएको?”
आचारसंहिता उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही हुनुनपर्ने?”
सात दिनभित्र जवाफ दिन आयोगले निर्देशन दिएको छ। ऐनको दफा २३ मा आचारसंहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्न सकिने व्यवस्था छ।
माओवादीले घिसिङको फोटो सहित चुनावी पोस्टर सार्वजनिक गरेको थियो। त्यसमा विरोध भएपछि हटाएको थियो। अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालको मात्रै फोटो राखिएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
